आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारका सबै निकाय सक्रिय’

‘कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारका सबै निकाय सक्रिय’

गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्। २४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार लागिरहेको बताएका हुन्। 

उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताए। 

मन्त्री खाँणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकल अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने बताए।

गृहमन्त्री खाँणले भन्ने, ‘हामी सबै विषम परिस्थितिमा छौं। कोरोनाको तेस्रो लहरका कारण नेपाली जनता आक्रान्त भएका छन्। सरकारसहित सबै निकायले आमनेपालीको जीवनरक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौं।’ 

उनले स्थानीय जनप्रतिनिधिहरुलाई निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न अनुरोध गरे। उनले भने, ‘यो गर्न सके विगतमा भएका ठूला नोक्सानीलाई रोक्न सक्छौं । व्यवस्थापन गर्न सक्छौं।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए। 

‘समन्वय नहुँदा अहिले पनि केही मठ मन्दिर, केही त्यस्ता संरचना टेको लागेका छन्। त्यसलाई कसले बनाउने? गुठीले बनाउने कि? पुरातत्त्वले बनाउने कि, महानगरले बनाउने? भन्ने दोधार छ।’

उनले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासोसमेत गरे। मेयर शाक्यले टेको लगाएर राखिएका भवन वर्षा हुँदासमेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे।

मेयर शाक्यले भने, ‘समन्वय नहुँदा अहिले पनि केही मठ मन्दिर, केही त्यस्ता संरचना टेको लागेका छन्। त्यसलाई कसले बनाउने? गुठीले बनाउने कि? पुरातत्त्वले बनाउने कि, महानगरले बनाउने? भन्ने दोधार छ।’

उनले महानगरलाईए जिम्मेवारी नदिएका कारणले केही घर सहरभित्रै टेको लगाएर राखिएको उनको भनाइ छ। उनले भने, त्यसलाई समन्वय गरिदिन गृहमन्त्रीलाई अनुरोध गर्दछु।’ नेपाल सरकार र स्थानीय सरकारबीच समन्वय नहँुदा कतिपय ठाउँमा अझै पनि पुनर्निर्माण अलपत्र रहेको उनको भनाइ छ। उनले भने, ‘अहिले पनि भूकम्प नजाँदा पनि सामान्य वर्षा हुँदा पनि भत्किन सक्ने भएकोले त्यस्ता भवनहरु बनाउन अत्यावश्यक भइसकेको छ।’

मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षति  कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको जानकारी दिए। उनले भने, ‘यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्छ।’ 


प्रकाशित: Jan 16, 2022| 12:38 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।