आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुबईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दैै भुजेल दम्पती

दुबईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दैै भुजेल दम्पती

संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र रहेको छोराको शव ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन्।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र रहेको छोराको शव ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन्। खाडीचौर घर भई काठमाडौंको काँडाघारीमा अस्थायी बसोबास गर्दै आएका श्यामबहादुर भुजेल र बुद्धिमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपिल गरेका हुन्। 

भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट्स पुगेको मृतककी आमा बुद्धिमायाले बताइन्। छोराले काम गर्न थालेको र दसैंसम्म सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएका थिए। 

रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुबई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम आफुहरुसँग नभएको श्यामबहादुर भुजेलले बताए। 

विकास भुजेल।

‘छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं’, भुजेलले भने। नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन्। साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन्।

संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउन समन्वय गरिरहेका छन्। 

संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन्। पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफुले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन्। 

संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउन समन्वय गरिरहेका छन्। त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ। 

छोराको मृत्यु भएको खबर भुजेल दपतीले गत साता मात्र पाएका थिए। उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस् भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन्। 

प्रकाशित: Jan 16, 2022| 12:09 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।