आइतबार, साउन ३१, २०८३

मोटरसाइकल दुर्घटनामा कलाकार पन्थीको निधन

बुटवलमा मोटरसाइकल दुर्घटनामा परी कलाकार शोभाखर पन्थीको मृत्यु भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

बुटवल- बुटवलमा मोटरसाइकल दुर्घटनामा परी कलाकार शोभाखर पन्थीको मृत्यु भएको छ। 

बुटवलको योगिकुटीदेखी मगरघाटतिर जाँदै गर्दा बाटोमा बिद्युत विस्तारका लागि खनिएको खाल्डोमा परेर पन्थीको मृत्यु भएको हो।

उनी सवार लु७०प १३५३ मोटरसाइकल शनिबार राति खाल्डोमा खसेको र बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई आइतबार बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। तर, अस्पताले उनलाई मृत घोषणा गरेको थियो।

उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

गुल्मी छत्रकोट-३ निवासी पन्थीले दर्जनौं गीत छायांकन तथा अभिनय गरेका छन्। पन्थी केही समयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दै आएका थिए। उनका एक श्रीमती र एक सन्तान छन्।

प्रकाशित: Jan 16, 2022| 10:10 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।