आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन्। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा शनिबार बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्वयम्भूतर्फ जाँदै गरेको बा६ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन्। उनको पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित: Jan 16, 2022| 10:20 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।