आइतबार, साउन ३१, २०८३

भूमिहीनको लगत संकलनका लागि भूमि आयोगसँग सम्झौता

झापाका दुई पालिकाले अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

झापा- झापाका दुई पालिकाले अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्। 

झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसँग सम्झौता गरेका हुन्। पुस २७ मा दमक र २८ गते शिवसताक्षी नगरले सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए। 

यसअघि बुद्धशान्ति र कनकाईले सम्झौता गरेका थिए। झापाबाट चार वटा पालिकालाई अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौताका लागि बोलाइएको थियो। 

देश भरका ९१ वटा स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले पुस २४ गते आयोगको  कार्यालय काठमाडौंमा सम्झौताका लागि बोलाएको आयोगले जनाएको छ। त्यसदिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम थियो। 

‘आयोगका पदाधिकारीसँग सम्पर्क गरेर पछि सम्झौता गरे पनि हुन्छ भन्ने जानकारी भएकाले २४ को ठाउँमा चार दिन ढिलो २८ गते मात्र सम्झौता भएको हो,’ शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शर्माले भने,  'थाहापाउने वित्तिकै हाम्रो इमेल चेक गर्‍यौं। तर, थिएन। पछि पुरानो इमेल चेक गर्दा त्यहाँ पत्र आएको रहेछ।'

आयोगका अनुसार उद्घाटनका दिन देशभरबाट २३ वटा पालिका उपस्थित थिएन। आयोग श्रोतका अनुसार पुस २४ गते उद्घाटन गर्ने कार्यतालिका थियो। छुटेका पालिकाले आफ्नो अनुकूलता अनुसार आयोगमा सम्झौताका लागि आउन सकिने आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए।

प्रकाशित: Jan 16, 2022| 09:25 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।