आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल दुर्घटना हुँदा पुलबाट नदीमा खसेकी महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा पुलबाट नदीमा खसेकी महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन्।

सु.प.प्र. ०१ ००९ प ५९७९ नम्बरको उक्त मोटरसाइकल ३८ वर्षीय रजेश रानाले चलाएका थिए। मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा उनको पुलबाट खसेर ज्यान गएको हो।

पुलबाट खसेकी रानाको खोलाको पानीमा परेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 16, 2022| 08:35 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।