आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजको मौसम पनि धुम्म, देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो

आजको मौसम पनि धुम्म, देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि मौसम भने धुम्म रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं-  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि मौसम भने धुम्म रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ। तर, दिउँसोको समयका कुहिरो विस्तारै हटेर जाने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन। छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको  महाशाखाले जनाएको छ। आज पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ। 

राम्ररी पानी नपर्दा मौसमी प्रणाली नरहे पनि मौसम पूर्णरुपमा खुल्न नसकेको महाशाखाको भनाइ छ।

विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु र कुहिरो लाग्नेगर्छ। 

प्रकाशित: Jan 16, 2022| 08:01 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।