काठमाडौं- लोहडी पर्वको अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बिहान सबैलाई बधाई तथा शुभकामनाको सन्देश दिए। तर लोहडी पर्वको दिउँसो भने भारतीय सत्तारुढ तथा प्रदेशमा पनि सत्तारुढ रहेको भारतीय जनता पार्टी सन्नाटा छायो।
पछिल्लो तीन दिनमा भाजपाको तीन मन्त्रीसहित १० सांसदले राजीनामा दिएका छन्। यो सबै टिकट वितरण हुनु अघि नै भइरहेको छ। राजीनामा दिनेहरुको संख्या बढ्न सक्ने बताइएको छ।
निर्वाचनको बेला दलहरुबाट नेता बाहिरिने र अन्य पार्टीमा सामेल हुनु भरतीय राजनीतिमा नौलो कुरा भने होइन। यसो गर्दा केही नेता प्रमुख पार्टीमा आउनु पनि स्वभाविक हो।
तर यस पटक भने राजीनामाको सिलसिलामा नयाँपन देखिएको छ। अखिलेश यादवले फोटो ट्वीट गर्ने सिलसिला र ती नेताहरुलाई फकाउने केशव मौर्यले गरेको ट्वीट, अधिकांश राजिनामामा यस्तो देखिएको छ।
भाजपाबाट बfहिरिने हरेक नेताले थोरे वा धेरै आफ्नो राजीनामा गरिब र सिमान्तवर्गको हितका लागि भनेका छन्। भाजपाले बुधबार तीन अनुहारलाई पनि समावेश गरेको छ। जसमध्ये एक मुलायम सिंह यादव रहेको बताइएको छ। तर उनको मिडियामा चर्चा कम छ।
लोहडी पर्वको दिन भारतीय राष्ट्रिय कांग्रेसले उत्तरप्रदेश चुनावका लागि १२५ उम्मेदवारहरूको सूची जारी गर्यो। जसमा ५० जना महिलालाई टिकट दिइएको थियो। यो खबर जताततै फैलियो तर अखिलेश यादवको ट्विट गरिएको फोटो र राजीनामाको स्क्रिप्ट जत्तिकै 'भाइरल' भएन।
इमरान मसूदले पार्टी फेर्ने चर्चा थियो तर उनको आफ्नै भाइ भाजपामा प्रवेश गर्दा भने भर्पाइ भएको भाजपाको ठहर छ। मायावतीले पनि लोहडी पर्वको दिन यसबारे ट्वीट गरेकी थिइन्।
किन यस्तो? आम आदमी पार्टी, एआईएमआईएम जस्ता साना दलहरूले पनि उत्तर प्रदेश चुनावमा भाग्यको परीक्षण गरिरहेका छन् र समाजवादी पार्टी (सपा), बीएसपी, भाजपा र कांग्रेस पनि मैदानमा छन् तर दुई पार्टी बढी चर्चामा छन्।
भाजपा र समाजवादी पार्टीको चर्चा धेरै
उत्तर प्रदेशको चुनावमा मुख्य प्रतिस्पर्धा दुई पार्टी समाजवादी र भारतीय जना पार्टीको चर्चा धेरै भए पनि कांग्रेस र बीएसपीले पनि चुनावी मैदानमा आफ्नो भविष्य परीक्षण गर्नेछन्।
निर्वाचनमा राजनीतिक दलको सफलता/असफलता पार्टीको संगठन र बुथ व्यवस्थापनसाथै टिकट बाँडफाँटका कुराले पनि असर गर्दछ। प्रत्येक सिटको जातीय समीकरण कस्तो छ? पार्टीले गठबन्धन को-कोसँग गर्यो जस्ता धेरै कुरामा भर पर्छ। चुनाव अघि कसले प्रचार गर्यो, प्रचारको शैली कस्तो थियो भन्ने कुराले पनि चुनावी परिणामलाई प्रभावित गर्छ।
यसबाहेक पार्टीको मिडिया व्यवस्थापनलगायत अन्य धेरै कुराले जित-हारको निर्णय गर्छ। यसपटक कोरोना महामारी पनि ठूलो कारण बनेको छ। वरिष्ठ पत्रकार सुनिता आरोन भन्छिन्, ‘बृहतरूपमा भन्ने हो भने, उत्तर प्रदेशमा मुख्य प्रतिस्पर्धा भाजपा र समाजवादी पार्टीबीच छ। विगत १०-१५ दिनमा परिस्थिति द्रुत रुपमा परिवर्तन भएको छ। सांसदहरू भाजपाबाट समाजवादी पार्टीमा 'पलायन' हुने लहर पनि चलेको छ। अर्कोतर्फ, यसले दुई पार्टीबीच प्रतिस्पर्धाको कुरालाई थप बल दिएको छ।’
पछिल्ला दुई दिनमा तीन मन्त्रीसहित १० भन्दा बढी सांसदले राजीनामा दिएका छन्। उनी भन्छिन्, ‘राजनीतिमा सांसदहरुलाई 'मौसम विज्ञानिक' भनिन्छ किनभने तिनीहरु जित्ने वा हार्ने निर्णय लिने गर्छन्, यी दुईबीचको कुरा पनि यही हो।’
कांग्रेस र बीएसपीको स्थिति
बीएसपीको बारेमा उनी भन्छिन्, ‘बीएसपीमा पहिले टिकट बाँडफाँट हुन्छ र मायावतीले चुनावी र्याली र भ्रमण गर्नेछन्। यो उनको चुनावी ढाँचा हो। पार्टीमा दुई नम्बरमा रहेका सतीशचन्द्र मिश्र आरक्षण सिटमा पुगेका छन्। तर उनले चुनावपूर्व प्रचारप्रसारमा देखिएनन्। धेरैले उनको पार्टी पनि छोडेका छन्। केही नयाँ व्यक्ति पनि पार्टीमा आएका छन्।’
कांग्रेसका बारेमा सुनिता आरोन भन्छिन्, ‘प्रियंका गान्धी सक्रिय देखिन्छन्। उनले समाजवादी पार्टीसमक्ष केही मुद्दाहरु उठाइन् जस्तै लखिमपुर खिरी वा हाथरसको मुद्दामा उनी आफैं हाथरस पुगिन्। उत्तर प्रदेशमा कांग्रेसले बुथ स्तरमा समिति बनाएको छ। समिति गठन अझै जारी छ। भाजपाको बुथ व्यवस्थापन धेरै राम्रो छ। जहाँ बीएसपीले पनि राम्रो प्रदर्शन गर्छ। अखिलेश यादवले भर्खर आफ्नो बुथ व्यवस्थापनमा सुधार गरेका छन्।’
चुनावमा हरेक महिना बदलिन्छ 'नेरेटिभ'
उत्तर प्रदेशको निर्वाचनको मिति घोषणा भएको केही दिन मात्रै भएको छ। तर पछिल्लो एक वर्षदेखि यसको चर्चा चलिरहेको छ। सुरुमा यूपी चुनावको मुख्य मुद्दा किसान आन्दोलन नै हो। त्यसपछि जिन्ना र औरन्गज्बेको चर्चा भयो। त्यसपछि काशी-मथुरा र हिन्दुत्व युग पनि आयो। बीचमा पूर्वाञ्चल एक्सप्रेस र अन्य विकास योजनाको बहस भयो। त्यसपछि बसाइसराई, बेरोजगारी, मुद्रास्फितिका विषयमा छलफल भयो। कोरोना महामारीको व्यवस्थापनमा प्रश्न उठ्यो, कहिले किसान सम्मान निति र निःशुल्क रासनलाई गेम चेन्जर भनियो।
पछिल्लो तीन दिनदेखि ओबीसी भोट बैंकको चर्चा
वरिष्ठ पत्रकार अदिती फडनीस केही दिनअघि उत्तर प्रदेशका केही क्षेत्रबाट जनताको चुनावी माहोल बुझेर फर्किएकी छन्। उत्तर प्रदेश चुनावमा मुख्य प्रतिस्पर्धा भाजपा गठबन्धन र समाजवादी पार्टी गठबन्धनबीच हुने उनको भनाइ छ। कांग्रेस र बीएसपीबीच झगडा देखिएको छैन।
उनी भन्छिन्, ‘निर्वाचन घोषणा भइसकेपछि र टिकट बाँडफाँट हुनुअघि नै नेताहरुले पार्टी परिवर्तन गर्ने चलन छ। तर जसरी राजीनामा दिइयो र जनतामा यो कुरा टिकट बाँडफाँटभन्दा बाहिर गएको बुझाइ छ। आगामी दिनमा उत्तर प्रदेश चुनावमा 'सोशल जस्टिस' अर्थात् सामाजिक न्यायको मुद्दा एक्कासी चर्को रुपमा उठ्ने छ।
अखिलेश यादवले पनि विगत तीन दिनदेखि ट्विटरमा राखेको तस्विरमा 'सामाजिक न्याय' शब्द जोड्न बिर्सेका छैनन्।’
महिला मतदान र मतदाता
यी सबै कुराका बीचमा कांग्रेसले कथा परिवर्तन गर्ने प्रयास गरिरहेको छ। कांग्रेसले यो चुनावमा 'महिला हुँ लड्न सक्छु' भन्ने नारा दिएको छ। महिलालाई साथमा ल्याउन पार्टीले बिहीबार ५० जना महिलालाई टिकट दिने घोषणा गरेको छ।
उत्तर प्रदेश विधान सभामा हाल ४४ महिला सांसद रहेका छन्। अर्थात् महिलाको सहभागिता १० प्रतिशत छ। जसमा भारतीय जनता पार्टीका ३७, समाजवादी पार्टीका २, बीएसपीका २, कांग्रेसका २ र अपना दलका १ जना महिला सांसद छन्।
अदिति भन्छिन्, ‘शी फ्याक्टर'मा सबै दल काम गरिरहेका छन्। उत्तर प्रदेशमा मात्रै होइन अन्य राज्यमा पनि। केजरीवालको पार्टीले पनि हरेक महिना महिलालाई पैसा दिने घोषणा गरेको छ।
टिकट बाँडफाँटका असर
राजीनामाको लहरकाबीच मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्ने खबर पनि आइरहेको छ। त्यसोभए अन्तिम समयमा टिकट वितरण परिवर्तन हुन सक्छ वा केही अवस्थाहरु परिवर्तन हुन सक्छन्?
अदिती भन्छिन्, ‘पार्टीले कसैको टिकट फेरेपछि टिकट बाँडफाँटले चुनावको सिलसिला बदल्न सक्छ र त्यो सिटको टिकट यति बलियो हुन्छ कि संगठनको पहुँचभन्दा बाहिर पुग्छ। कांग्रेस र बीएसपीसँग त्यस्तो अनुहार फेर्न सक्ने अवस्था छैन। ’
यद्यपि धेरै जानकारहरु भाजपा र सपा टिकट बाँडफाँटको प्रत्यक्ष प्रभाव नतिजामा देखिने विश्वास गर्छन्। टिकट बाँडफाँट नै भाजपामा मच्चिएको मुख्य कारण हो र आगामी दिनहरूमा सपाबाट पनि केही असन्तुष्टिको खबर आउन सक्ने आँकलन गरिएको छ।
(बीबीसी प्रकाशित सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)