आइतबार, साउन ३१, २०८३

विमानस्थल सञ्चालनका लागि सर्वेक्षण

कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

टीकापुर- कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ। प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो। 

विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए  पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको इञ्जिनीयर श्रेष्ठले बताए। 

'यो अहिलेको प्रारम्भिक चरणको सर्वेक्षण  हो। यसैका आधारमा हामीले सम्भाव्यता अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँछौँ', उहाँले भन्नुभयो, 'त्यसपछि अर्को प्राविधिक टोलीले आवश्यकताका आधारमा सर्वेक्षण गरेपछि विमानस्थल निर्माणको कार्य अगाडि बढ्छ।'

विमानस्थलको लम्बाइ एक हजार २५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिदै इञ्जिनीयर श्रेष्ठले चौडाइमा भने अलिकति कम हुन्छ कि जस्तो भए पनि  टुइनेटर जहाजका लागि भने कुनै समस्या नहुने  बताए। 

'हाम्रो चाहना पनि विमानस्थल सञ्चालन हुनुपर्छ भन्ने नै हो। प्राविधिकरुपमा सफल भयो भने विमानस्थल सञ्चालनमा आउँछ। त्यसमा स्थानीयवासी एकमत भएको अवस्थामा कुनै समस्या छैन', उनले भने, 'विमानस्थल सञ्चालन मात्रै भएर पनि भएन। त्यसमा यात्रुको सम्भावना र स्थानीयवासीको समन्वय र सहकार्य पनि आवश्यक हुन्छ।'

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुँदै आएको हवाइसेवा सशस्त्र द्वन्द्वका बेला बन्द भएको थियो। त्यसपछि सुकुम्बासीको अतिक्रमणमा परेको विमानस्थल टीकापुरका राजनीतिक दल र सरोकारवालाको समन्वयमा खाली गराएर पुनःविमान सञ्चालनको प्रयास भए पनि सफल नहुँदा अहिले विमानस्थल गाइबस्तु चराउने थलो बनेको छ।

वि.सं. २०७६ मा टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनका लागि एक सुत्रीय मागसहित टीकापुर महोत्सव गरेको थियो। वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले  विमानस्थल सञ्चालनमा आए व्यापारिक दृष्टिकोणले धेरै राम्रो हुने बताए। 

'उद्योग, कलकारखानाका लागि हामीसँग थुपै सम्भावना छन्। त्यसैमा  पनि राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका कारणले झनै सम्भावना बढेको छ', उनले भने, 'त्यसका लागि विमानस्थल महत्वपूर्ण हो। विमानस्थल सञ्चालनमा आउनसके मात्रै उद्योगीलाई भित्र्याउन सकिन्छ।' - रासस

प्रकाशित: Jan 15, 2022| 14:04 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।