आइतबार, साउन ३१, २०८३

लागूऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

धनगढी- कैलालीमा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-१० दमौराका २३ वर्षीय महेश ताम्राकार रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारबाट खटिएको चेकप्वाइन्ट टोलिले उनलाई नाइट्रोभेट नामक लागूऔषधसहित पक्राउ गरेको हो। 

उनले मोबाइलको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ८ ओटा नाइट्रोभेट पाइएको प्रहरीले जनाएको छ। ताम्राकारलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी पचगडीया बुझाइएको बताइएको छ।

प्रकाशित: Jan 15, 2022| 13:50 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।