आइतबार, साउन ३१, २०८३

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

बझाङ- बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति जयपृथ्वी नगरपालिका-१ कैलाशबाट सदरमुकाम चैनपुरका लागि छुटेको सुप ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका-२ मोर्तोलीमा दुर्घटना परेको हो। 

दुर्घटनामा जिप धनी पूरबहादुर सिंहको मृत्यु भएको छ। घाइते भएका सिंहलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोर्तोलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा दुर्घटना भएको प्रहरीको अनुमान छ। अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियो।

प्रकाशित: Jan 15, 2022| 13:40 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।