आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रण गर्न कालिकोट प्रशासनको पाँच बुँदे आदेश

कोरोना नियन्त्रण गर्न कालिकोट प्रशासनको पाँच बुँदे आदेश

यही माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राखेर प्रयोगको व्यवस्था मिलाउनुपर्ने जनाइएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

कालीकोट- कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ। 

कोभिड-१९ को बढ्दो संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ।

अत्यावश्यक र पहिल्यै तय भइसकेका कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड-१९ को स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर गर्न पाइने भएको छ। सार्वजनिक स्थान(कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्न र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनका लागि निर्देशन दिइएको छ।

यही माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राखेर प्रयोगको व्यवस्था मिलाउनुपर्ने जनाइएको छ।

घर बाहिर वा सार्वजनिकस्थलमा निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्नेजस्ता कुरा जारी आदेशमा उल्लेख छ। जिल्लामा कोभिड-१९ संक्रमणको दर बढ्दै गएकाले यस्तो आदेश जारी गर्नुपरेको प्रजिअ रामहरि शर्माले बताए।  रासस

प्रकाशित: Jan 15, 2022| 13:30 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।