आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीको सुर्नया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बैतडीको सुर्नया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरेका छन्।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

बैतडी- सुर्नया गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ। बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरेका छन्।

खरिद प्रक्रिया सुरु भएको  झण्डै एक बर्षपछि एम्बुलेन्स ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। प्रदेशसभा सदस्य भट्टले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागि १२ लाख उपलब्ध गराएका थिए। कोरोना महामारीका कारण एम्बुलेन्स खरीद प्रक्रियामा ढिलाई भएको बताइएको छ। 

उक्त गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो। स्थानीयवासीको मार्कालाई ध्यानमा राखेर आफूले उक्त कार्यक्रमअन्तर्गत एम्बुलेन्सका लागि बजेट उपलब्ध गराएको  उनले बताए।

एम्बुलेन्सको अभाबमा निजी सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानु पर्ने बाध्यता अब अन्त्य भएको छ। योसँगै जिल्लाका आठ स्थानीय तहसँग आफ्नै एम्बुलेन्स छन्। सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।   रासस

प्रकाशित: Jan 15, 2022| 12:16 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।