बिहीबार, वैशाख १७, २०८३

दिल्लीका १५ प्रतिशत शैयामा मात्रै कोभिड बिरामी भर्ना

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेका छन्। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

दिल्ली- भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन्। अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन्।

National life

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ संक्रमित थपिने गरेको शुक्रबार जानकारी दिए।

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेका छन्। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए। 

त्यसैगरी २८ हजार संक्रमित थपिएको बेला दुई हजार ४२४ जना संक्रमित मात्रै अस्पताल भर्ना भएका थिए। दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिए।

उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ। खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए।  एएनआई

प्रकाशित: Jan 15, 2022| 11:06 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।