बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • नर्वेमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप

नर्वेमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप

सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

ओस्लो- नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ। सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ। 

नर्वेमा यसअघि १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन्। उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ।

स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलद्वारा जारी वक्तव्यअनुसार सवै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन। 'निश्चित समूह'का बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उनले स्पष्ट पारेका छन्।

उनले दीर्घरोगी र जटील स्वास्थ्य समस्या भएका अविभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका मुलुकमा जाने बालबालिकालाई खोप नलगाउन सुझाब दिइएको बताए।

नर्वेका वयस्कहरुमध्ये अधिकांशले भने खोपको दुवै मात्रा लगाइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र बृद्धबृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन्। एएफपी

प्रकाशित: Jan 15, 2022| 10:48 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।