काठमाडौं- संखुवासभामा शंकास्पद वस्तु फेला परेको छ। चैनपुर नगरपालिका-६ स्थित बसपार्क नजिकै शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
बिहीबार अपरान्ह ४ बजे उक्त वस्तु फेला परेको प्रहरीको भनाइ छ। एउटा बट्टामा टेपले टालेको अवस्थामा उक्त वस्तु फेला परेपछि चेक गर्न जिल्लाको खाँदबारीबाट सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ।
शंकास्पद वस्तु फेला परेको ठाउँ इलाका प्रहरी कार्यालयबाट तीन सय मिटर दूरीमा रहेको छ। प्रहरी टोली उक्त स्थानमा सुरक्षाका लागि खटिएको छ।