आइतबार, साउन ३१, २०८३

माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको तयारी

सरकारले माघ २ गतेदेखि बुस्टर डोजको तयारी थालेको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- सरकारले माघ २ गतेदेखि बुस्टर डोजको तयारी थालेको छ। कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकलाई बुस्टर डोज दिइने विभागले जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ को मन्त्रीस्तरीय निर्णयअनुसार माघ महिनाको पहिलो र दोस्रो हप्ता बुस्टर डोज दिइने छ।

माघ महिनाको पहिलो हप्तादेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्षमाथिका नागरिकलाई  बुस्टर डोज दिन लागिएको हो।

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकलाई बुस्टर डोज दिइने छ।

प्रकाशित: Jan 15, 2022| 07:15 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।