आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • २४ घण्टामा भारतमा थपिए दुई लाख ६४ हजारभन्दा बढी कोरोना संक्रमित

२४ घण्टामा भारतमा थपिए दुई लाख ६४ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

नयाँ दिल्ली- भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ। 

National life

सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। 

हाल यहाँ पाँच हजार ७५३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या बाह्र लाख ७२ हजार ७३ रहेका छन्। गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय सङ्क्रमित थपिएका छन्।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ। 

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 15, 2022| 04:00 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।