आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज माघे संक्रान्ति, मुलुकभर विभिन्‍न कार्यक्रम गरी मनाइँदै

आज माघे संक्रान्ति, मुलुकभर विभिन्‍न कार्यक्रम गरी मनाइँदै

आज माघ १ अर्थात् माघे संक्रान्ति। मुलुकभर विभिन्‍न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ। थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- आज माघ १ अर्थात् माघे संक्रान्ति। मुलुकभर विभिन्‍न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ। थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्‍नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्।

काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्‍नो महान चाड माघे संक्रान्तिका अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरेका छन्। 

नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्।

यस्तै नुवाकोट र धादिङका विभिन्न स्थानमा संक्रान्तिका अवसरमा ६५ हल गोरु जुधाइने भएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्‍चकन्या गाउँपालिका–३ पिपलडाँडामा ८, लिखु गाउँपालिका–३ कट्टीछापमा ३, तादी गाउँपालिका–४ सातबिसेमा १०, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा ५ हल गोरु आज जुधाउन लागिएको छ।

तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ। संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको बताए।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ। तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ। आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्‍न सकिन्छ।

प्रकाशित: Jan 15, 2022| 05:31 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।