काठमाडौं- आज सन् २०२२ को जनवरी १५। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
ब्रिटिश म्युजियम सर्वसाधरणका लागि खुला
बेलायती संसद्ले १७५३ मा ऐन नै बनाएर ब्रिटिश म्युजियम सर्वसाधारणका लागि खुला गर्ने घोषणा गरिएको थियो। सन् १७५९ जनवरी १५ मा म्युजियम खुला गरिएको थियो। विश्वको नाम चलेको प्राचिन तथा पुरातत्वसम्बन्धी काम गर्ने संस्थाहरु इल्जिन मार्बल्स र रोसेटा स्टोनले उक्त म्युजियम सञ्चालन गरेका थिए।
मार्टिन लुथरको जन्म
सामाजिक अभियन्ता तथा अमेरिकी नागरिक अधिकार आन्दोलनको नेतृत्वकर्ता मार्टिन लुथर किङ जुनियरको जन्म सन् १९२९ जनवरी १५ मा भएको थियो। सन् १९६८ मा उनको हत्या गरिएको थियो।
अमेरिकी विमान हडसन नदीमा ल्याण्ड
अमेरिकी एयरवेजको १५४९ विमान सन् २००९ को जनवरी १५ मा हड्सन नदीमा ल्याण्ड गरिएको थियो। क्याप्टेन चेस्ली सुलेनबर्ग तेस्रोले उडाएको विमान उडान भरेको केही समयमा समस्या देखिएपछि हडसन् नदीमा आकस्मिक ल्याण्ड गरिएको थियो। उक्त ल्याण्डका क्रमम कुनै मानवीय क्षति नभए पनि इन्जिनमा भने समस्या देखिएको थियो।
विकिपिडिया सुरु
सन् २००१ जनवरी १५ मा इन्टरनेटमा आधारित फ्री-इन्साइक्लोपेडियाको सञ्चालन सुरु गरिएको थियो। जिम्मी वेल्स र लारी साङ्गरले संस्थापक रहेको विकिपीडिया सुरु भएको २१ वर्ष पूरा भएको छ।
रोजा लक्जेमवर्ग
जर्मनी क्रान्तिकारी नेतृ रोजा लक्जेमवर्गले हत्या गरिएको थियो। जर्मन कम्युनिस्ट पार्टीका सहसंस्थापक रोजा लक्जेमवर्गलाई पक्राउ गरेर बर्लिनमा हत्या गरिएको थियो।