आइतबार, साउन ३१, २०८३

मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा विवाद

मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरु नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरु नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन्। 

कपिलवस्तुको तिलौराकोटमा आज बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टर सम्बद्ध केही सदस्यहरु बाहिरिएका हुन्। मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरु बैठक छोडेर बाहिरिएका हुन्। 

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरु बाहिरिए पनि कुनै रुलिङ नगरी उनीहरुप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए। बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरु बोलेर बाहिरिएका थिए। महासचिवले बहिष्कारका नाममा  बैठकूर्व नै सेन्टर निकट सदस्यहरुलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरुमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ।

असन्तुष्टिका कुराहरु बैठकमै राख्नुको साटो बैठक सुरु नहुँदै बाहिर निस्किनु अमर्यादित काम भएको महासंघ लेखा समिति सदस्य मुकुन्द भण्डारीले बैठकमै बताएका थिए। यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक विधानसम्मत चल्नुपर्ने बताएका थिए। बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरु छलफलमा जुटेका छन्।

*शीर्षक सच्याइएकाे

प्रकाशित: Jan 14, 2022| 12:34 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।