आइतबार, कात्तिक १६, २०८२

कोभिड खोप वितरणमा चुनौती दर्साउने भाइरल तस्बिरको कथा

ब्रजिलको एमजन क्षेत्रमा आदिवासी समुदायका एक व्यक्तिले पिठ्युँमा आफ्ना बुवालाई बोकेर कोभिड–१९ विरुद्धको खोप लगाउन जाँदै गरेको तस्बिर भाइरल भएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, पुस ३०, २०७८

ब्रजिलको एमजन क्षेत्रमा आदिवासी समुदायका एक व्यक्तिले पिठ्युँमा आफ्ना बुवालाई बोकेर कोभिड–१९ विरुद्धको खोप लगाउन जाँदै गरेको तस्बिर भाइरल भएको छ। तस्बिर विश्वकै सबैभन्दा दुर्गम ठाउँमध्ये एक मानिने उक्त क्षेत्रमा खिचिएको हो। यसलाई खोप पुर्‍याउन भइरहेका कठिनाइको प्रतीक मानिएको छ।

Kumaribank

एक चिकित्सकले खिचेको यो तस्बिरमा खोप लगाएपछि २४ वर्षीय टावीले ६७ वर्षीय पिता वाहुलाई बोकिरहेको देखिन्छ। ती चिकित्सकका अनुसार उनीहरू घण्टौंसम्म जंगलको बाटो हिँडेर खोप केन्द्र पुगेका थिए। ब्राजिलको सरकारी तथ्यांकअनुसार कोभिड–१९ का कारण आदिवासी समुदायका ८५३ जनाको मृत्यु भइसकेको छ।

तर आदिवासीहरूको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले संख्या अझै बढी हुनसक्ने जनाएको छ। ब्रजिलको गैरसरकारी संस्था एपिबले सन् २०२० को मार्च देखि २०२१ को मार्चसम्म मात्रै १,००० आदिवासीको मृत्यु भएको जनाएको छ।

टावी र वाहु त्यहाँको जोए समुदायका हुन्। उक्त समुदायमा झन्डै ३२५ जना सदस्य छन्।

उनीहरू पारा राज्यको उत्तरी क्षेत्रमा १२ लाखवटा फुटबल मैदान बराबरको ठूलो क्षेत्रमा फैलिएका दर्जनौं एकान्त गाउँमा बस्दै आएका छन्।

Metro Mart

वाहु आँखा पनि राम्रोसँग देख्दैनन् र पिसाबसम्बन्धी दीर्घरोगका कारण उनी राम्ररी हिँड्न सक्दैनन्। उनको अनुमानमा टवीले आफ्ना पितालाई खोप लगाउन पाँचदेखि छ घण्टासम्म बोक्नुपरेको थियो।

‘त्यो उनीहरू दुई जनाबीचको प्रेमपूर्वक सम्बन्धको साँच्चिकै सुन्दर दृश्य थियो,’ तस्बिर खिचेका डा. एरिक जेनिङ्स सिमोईले भने।

‘हामीले जोए समुदायका मानिसको संस्कृति र ज्ञानलाई सम्मान गर्ने अभ्यासहरू अपनायौं।’

तर सिमोईले यो वर्षको जनवरी १ मा मात्रै ‘नयाँ वर्षको आरम्भमा सकारात्मक सन्देश प्रवाहका लागि’ यो तस्बिर सार्वजनिक गरेका हुन्।

ब्रजिल कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमध्ये पर्छ। ब्रजिलमा खोप अभियान सुरु हुँदा यहाँका आदिवासीहरूलाई प्राथमिकतामा राखिएको थियो।

तर जोए समुदायलाई हेरिरहेको स्वास्थ्य टोलीका लागि एउटा समस्या देखा पर्‍यो। उनीहरू छरिएर बस्ने भएकाले सबै गाउँमा पुगेर हरेकलाई खोप लगाउन हप्तौँ लाग्ने देखियो।

त्यस कारण उनीहरूले जङ्गलमा एउटा छाप्रो तयार गरे र आदिवासी समुदायलाई रेडियाको सहाराले खोप लिन सहमत गराए।

‘हामीले जोए समुदायका मानिसको संस्कृति र ज्ञानलाई सम्मान गर्ने अभ्यासहरू अपनायौं’, डा. सिमोईले भने। तर गत सेप्टेम्बर महिनामा वाहुको मृत्यु भयो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। आफ्नो परिवारसँग बस्दै आएका टावीले भर्खरै खोपको तेस्रो मात्रा लिएका छन्।

प्रकाशित: Jan 14, 2022| 12:10 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।