धनगढी- कैलालीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर-२ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय बसन्त ओली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरूको साथबाट १.६०० मिलि ग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई वडा नम्बर २ बाट लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।