काठमाडौं- धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गामा टिपर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। आज बिहान टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी हिलेका अनुसार टिपर चालक प्युठानको माण्डबी गाउँपालिका-१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका-३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।
धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो।