आइतबार, साउन ३१, २०८३

बैतडीमा थप एक युवकको शव भेटियो

पाटन नगरपालिका-६, हिरापुर नजिक सडकभन्दा ५० मिटर तल भुलको शव फेला परेको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

धनगढी- बैतडीमा थप एक युवकको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय सुरत भुलको शव फेला परेको प्रहरीले जनाएको छ। 

पाटन नगरपालिका-६, हिरापुर नजिक सडकभन्दा ५० मिटर तल भुलको शव फेला परेको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

‘उनी दशैंपछि रोजगारीका लागि भारत गएको र जण्डीसको बिरामी रहेको बुझिएको छ’ प्रहरी निरीक्षक राजेश शाहीले भने, ‘भारतबाट घर फर्किदै गर्दा बाटोमा मृत्यु भएको हुनसक्छ। तर, उनको कसरी मृत्यु भयो, उनी कहिले भारतबाट फर्केका हुन् खुलेको छैन।’ उनले भने, ‘शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ हामी अनुसन्धानमा जुटेका छौ।’ 

बुधबार मात्रै सुर्नया गाउँपालिका-६ का डम्बरदत्त अवस्थीको शव जंगलमा फेला परेको थियो। मंसिर १४ गतेदेखि बेपत्ता उनको हत्या गरेको सोही ठाउँका हरिश अवस्थीले स्विकार गरेका थिए।

हिरासतमा रहेका हरिशले दिएको जानकारी अनुसार उनको शव खाल्डोमा गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 14, 2022| 10:20 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।