काठमाडौं- भारतमा सामूहिक बलात्कारमा परेकी एक बालिकाले छोरीलाई जन्म दिएकी छन्। साउथ ईस्ट जिल्लाको हजरत निजामुद्दीन इलाका निवासी १७ वर्षीया बालिका माथि करिब आठ महिना पहिले बलात्कार भएको थियो।
पीडितका अनुसार उनीमाथि दुई युवकले सामूहिक बलात्कार गरेका थिए। बालिका गर्भवती भएपछि परिवारले घटनाबारे थाहा पाएका थिए।
त्यसपछि २०२१ नोभेम्बर २९ मा हजरत निजामुद्दीन ठानामा परिवारले उजुरी गरेका थिए। गर्भवती भएको धेरै समय भएकाले बालिकाको गर्भपतन गराउन सकिएको थिएन। ती बालिकाले मंगलबार एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
आफन्तले आरोपितलाई अझैसम्म प्रहरीले पक्राउ गर्न नसकेको आरोप लगाएका छन्। तर, डीसीपी ईशा पाण्डेयले प्रहरीमा उजुरी पर्ने बित्तिकै दुई जनालाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्ने दुवै जना असमका रहेका छन्। प्रहरीले बालिकाको डीएनए परीक्षण गरेर अपराधीको पहिचान गर्ने जनाएको छ।