काठमाडौं- काठमाडौं उपत्यकामा चिसो बढेको छ। बुधबार राति परेको वर्षापछि उत्यकामा चिसो बढेको हो।
मौसम खुल्ने क्रममा रहेकाले चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।
काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।