काठमाडौं- स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी सागरप्रसाद घिमिरेलाई दिइएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको २६ गतेको निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
वरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरे बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत थिए। घिमिरे १०औं तहका कर्मचारी हुन्।
काठमाडौं कार्यालयमा घिमिरेलाई जिम्मा दिनुअघि शम्भु काफ्ले प्रमुखमा थिए।