आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणहिटीमा क्याफे प्रकरण : दाहालसहितलाई कारबाही गर्न प्रहरीलाई पत्र

नारायणहिटीमा क्याफे प्रकरण : दाहालसहितलाई कारबाही गर्न प्रहरीलाई पत्र

नारायणहिटी दरबार संग्राहलयमा क्याफे सञ्‍चालन गर्ने प्रकरणमा संलग्‍नहरुलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- नारायणहिटी दरबार संग्राहलयमा क्याफे सञ्‍चालन गर्ने प्रकरणमा संलग्‍नहरुलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। 

प्रहरी प्रधान कार्यालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नहरुलाई कारबाही गर्न भन्दै पठाएको प्राप्त भएको जनाएको छ। उक्त पत्रलाई कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। 

मन्त्रालयले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल सरकारले पठाएको पत्र अनुसन्धानमा रहेको बताए । ‘यो घटनाको अनुसन्धानको अधिकार जिल्ला प्रहरी कार्यालय काठमाडौंको हो। यसलाई हामी चाँडै अघि बढाउने छौं,’ डिआईजी आचार्यले भने।

नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि पत्राचार गरेको थियो। 

दाहालले यस प्रकरणमा दोषी भएको छानबिन समितिले जनाएपछि पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित: Jan 13, 2022| 20:11 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।