आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतर्व्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १७ वर्षपछि साउदीबाट पक्राउ

कतर्व्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १७ वर्षपछि साउदीबाट पक्राउ

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

उदयपुर- कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ।

इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो। 

प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो।

प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रकाशित: Jan 13, 2022| 23:00 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।