आइतबार, साउन ३१, २०८३

इतिहासमा आज : विश्‍वभर कहाँ के-के भयो?

आज सन् २०२२ को जनवरी १४। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- आज सन् २०२२ को  जनवरी १४। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।

ट्युनिसियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा

मुलुकमा गरिबी बढेको भन्दै देशभर बृहत विरोध प्रदर्शनहरु भएपछि ट्युनिसियाका राष्ट्रपति जाइन अल-अबिडाइन बेन अलीले राजीनामा घोषणा गरेका थिए। मुलुकमा गरिबी, बेरोजगारी र राजनीतिक दमन बढेको भन्दै भएको आन्दोलनपछि सन् २०११ जनवरी १४ मा उनले राजीनामा दिएका थिए। उक्त आन्दोलनलाई जस्मिन क्रान्तिको नामले चिनिन्थ्यो। 

शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा टाइटनमा ह्युजेन्स ल्याण्ड

शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा टाइटनमा सन् २००५ जनवरी १४ मा पहिलो पटक ह्युजेन्स ल्याण्ड भएको थियो। ह्युजेन्स अमेरिका र युरोपको संयुक्त अन्तरीक्ष मिसन हो। 

एथेन्समा प्राचिक ठाउँ पत्ता लागेको घोषणा

ग्रिकका पुरातत्वविद्ले सन् १९९७ जनवरी १४ मा एथेन्सको प्राचिन ठाउँ पत्ता लागेको घोषणा गरेका थिए। उक्त ठाउँ एरिस्टोटलको प्रशिक्षण हल हुनसक्ने बताएका थिए।

मड्रिड सन्धिमा हस्ताक्षर 

सन् १५२६ जनवरी १४ मा मड्रिड सन्धिमा सम्झौता भएको थियो। स्पेनका चार्ल्स पाँचौं र फ्रान्सका राजा फ्रान्सिस पहिलोबीच उक्त सन्धिमा हस्ताक्षर भएको थियो। फेब्रुअरी १५२५ मा पाभिया युद्धबाट चार्ल्सले फ्रान्सको हाब्सबर्ग क्षेत्र कब्जा गरेका थिए भने राजालाई जेल हालिएको थियो। 

प्रकाशित: Jan 14, 2022| 05:30 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।