आइतबार, वैशाख ७, २०८२

हत्या लुकाउन एक शिक्षकले गरेको अपहरणको नाटक

उनको फेसबुक पोस्ट भाइरल भयो। धेरैले उनको पोष्ट स्क्रिनसट गरेर आ–आफ्नो फेसबुकमा पोस्ट गर्दै प्रहरीलाई उद्धारका लागि अनुरोध गरे।
 |  बिहीबार, पुस २९, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

बिहीबार, पुस २९, २०७८

vianetvianet

धनगढी– गत शुक्रबार बैतडीको सुनर्या गाउँपालिका–६ कलालबसेका २३ वर्षीय हरिश अवस्थीले आफू अपहरणमा परेको फेसबुक स्टाटस लेखे। विप्लव समूहका स्थानीय दुई जनाले ६ जना लगाएर आफूलाई अपहरण गरेको उनले उल्लेख गरेका थिए। स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएका उनले स्टाटसमा लेखेका थिए, ‘२२ गते राति खोड्पे बोलाएर अपहरण गरेर बाँकेको राप्ती नदी किनारको शौचालयमा थुनेर राखेको छ।’

triton college

उनको पोस्ट भाइरल भयो। धेरैले उनको पोष्ट स्क्रिनसट  गरेर आ–आफ्नो फेसबुकमा पोस्ट गर्दै प्रहरीलाई उद्धारका लागि अनुरोध गरे। बैतडी प्रहरीले बाँके प्रहरीको सहयोगमा शुक्रबार राति ८ बजेतिर बाँकेस्थित राप्ती नदी किनारबाट उनको उद्धार गरेर बाँके पुर्यायो र आफन्तको जिम्मा लगायो। आफन्तले उनलाई बैतडी लगे। 

उनको पोस्ट भाइरल भयो। धेरैले उनको पोष्ट स्क्रिनसट  गरेर आ–आफ्नो फेसबुकमा पोस्ट गर्दै प्रहरीलाई उद्धारका लागि अनुरोध गरे। 

उनलाई बैतडी झिकाएपछि लुुकेको अर्को घटना बाहिर आयो। उनले आफूलाई अपहरण गरेको आरोप लगाएका तीर्थराज अवस्थीका भाइ डम्मरदत्त अवस्थीको हत्या गरेको प्रहरीलाई बयान दिए। 

हरिशले डम्मरको हत्या गरेर भागेको र शंका नहोस् भनेर अपहरणको नाटक गरेको बयान प्रहरीमा दिएका छन्। ‘उद्धार गरेर बैतडी ल्याएपछि हामीले सोधपुछ थाल्यौं। गाउँका एक जना महिना दिनदेखि हराइरहेकाले उनको बारेमा सोध्यौं। त्यसपछि उनले हत्याबारे मुख खोले,’ जिल्ला प्रहरी कार्यालया बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले भने, ‘हामीले पहिलेदेखि नै उनको निगरानी गरिरहेका थियौं। किनभने मृतकको मोबाइलमा उनको अन्तिम कल गएको थियो।’

हरिश अवस्थीले आफू अपरहणमा परेको भन्दै लेखेको स्टाटस
३२ वर्षीय डम्मर अवस्थी गत मंसिर १४ गतेदेखि हराइरहेका थिए। हरिशले दिएको बयानको आधारमा बुधबार बैतडी प्रहरीले खोजतलास सुरु गर्यो। उनले दिएको लोकेसनको आधारमा प्रहरीले डम्मरको शव उनकै घर नजिकै सुनर्या गाउँपालिका–६ धुलीधार जंगलमा ओढारभित्र फेला पार्यो। करिब १५ फिट खनेपछि नचिनिने अवस्थामा शव फेला परेको बैतडी प्रहरीले जनाएको छ। 

National life insurance

स्थानीयले शव डम्मर अवस्थीकै भएको पहिचान छन्।  कपडाको आधारमा शव डम्मरकै भएको दाबी स्थानीयले गरेका छन्। 

शव पोष्टमार्टनका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ। प्रहरी निरीक्षक ओझाले भने, ‘हत्यामा अन्यको पनि संलग्नता रहेको आशंका छ। हामी सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं। डम्मर र हरिशको घर १० मिनेटको दूरीमा छ। उनीहरुको परिवारबीच खटपट रहेको हामीले सूचना पाएका छौं।’ 

मृतक डम्बर अवस्थी
यता, डम्मर अवस्थीको हत्यामा संलग्नलाई कारबाही गर्न विप्लव नेतृत्वको नेकपाले माग गरेको छ। डम्मर अवस्थी पार्टीको सदस्य रहेको भन्दै उसले पक्राउ परेका शिक्षक हरिश अवस्थीसहित संलग्नलाई समेत कानुनी कारवाही गर्न माग गरेको हो।

डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए। उनका परिवारले खोजतलास गरे पनि फेला नपरेपछि पुस १ गते प्रहरीकहाँ जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार त्यसपछि उनको थप खोजी सुरू भएको थियो। प्रहरीसँगको बयानमा हरिशले मंसिर १४ गते डम्मरको हत्या गरेर जंगलमा गाडेको बताएका छन्। हत्याको कारण भने खुलिसकेको छैन।

प्रकाशित: Jan 13, 2022| 16:11 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।