काठमाडौं– नुवाकोटमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन आयोजना हुने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले मेला स्थगित गरेको हो।
संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गर्दै जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाइ कार्यक्रम स्थगित गरिएको बताएका छन्।