काठमाडौं- दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ।
अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ।
दुर्घटनामा परेर अरु १२ जना घाइते भएका छन्। ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाई छ। निकै द्रुत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए। त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो।
आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु जलेका थिए। जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन्। सिन्ह्वा