आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको निर्देशनमा वीर अस्पतालका प्रमुखको सरुवा रोकियो

प्रधानमन्त्रीको निर्देशनमा वीर अस्पतालका प्रमुखको सरुवा रोकियो

कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) प्रमुखको जिम्मेवारी दिइएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) प्रमुखको जिम्मेवारी दिइएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ। 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीस्तरीय निर्णयबाट लोहनीको सरुवा रोकिएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले क्षेत्राधिकार बाहिर गएर सरुवा गरेको भन्दै सरुवा रद्द भएको हो ।  खतिवडाले सल्लाह नै नगरी डा. लोहनीलाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्ति गरेका थिए। उक्त स्थानमा डा. भुपेन्द्रकुमार बस्नेतलाई यथावत् राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग सल्लाह नै नगरी सरुवाको निर्णय स्वास्थ्यमन्त्रीले गरेको भन्दै तत्काल निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको स्रोतले जनाएको छ।

साथै प्रधानमन्त्री देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन्।

बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए। राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको भन्दै विरोध भएको थियो।

प्रकाशित: Jan 13, 2022| 13:05 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।