आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अत्यावश्यक परेमात्र विदेश यात्रा गर्न सरकारको अनुरोध

अत्यावश्यक परेमात्र विदेश यात्रा गर्न सरकारको अनुरोध

अति आवश्यक काम परेमात्र विदेश यात्रा गर्न सरकारले आग्रह गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– अति आवश्यक काम परेमात्र विदेश यात्रा गर्न सरकारले आग्रह गरेको छ। कोभिड संक्रमण विश्वभर नै बढ्दो क्रममा रहेकाले संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न पनि अध्यागमन विभागले सचेत गराएको छ।

बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ।’ 

सरकारले ओमिक्रोनको संक्रमण सुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन गत १६ मंसिरबाटै रोक लगाएको छ। विभागले यो रोकलाई निरन्तरता दिएको छ। 

प्रकाशित: Jan 13, 2022| 12:39 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।