आइतबार, साउन ३१, २०८३

नक्कली सई पक्राउ

दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले घोराही-१५ मालपोत कार्यालय नजिकैबाट घोराही निवासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई सिआईबीको सई बनेर धाक धम्की देखाई उजुरिका आधारमा पक्राउ गरेको हो। घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ। उनीविरुद्ध ठगी मुद्दा दर्ता गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 13, 2022| 07:10 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।