आइतबार, साउन ३१, २०८३

चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, एक घाइते

पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्‍ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

स्याङ्जा- स्याङ्जाको वालिङ–१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ। पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्‍ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो। मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔंलामा चोट लागेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 12, 2022| 20:55 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।