आइतबार, साउन ३१, २०८३

इतिहासमा आज : विश्‍वभर के-के भएको थियो?

आज सन् २०२२ जनवरी १२। यहाँ हामीले इतिहासमा विश्‍वभर भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी १२। यहाँ हामीले इतिहासमा विश्‍वभर भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं। 

डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाअभियोग 

अमेरिकाको इतिहासमा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट महाअभियोगको प्रस्ताव पारित हुने डोनाल्ड ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्। उनलाई सन् २०२१ को जनवरी १३ मा अमेरिकाको तल्लो सदनले दोस्रो पटक महाअभियोग लगाएको थियो। यद्पि माथिल्लो सदनले भने उक्त महाअभियोग पारित गर्न सकेन। उनलाई अमेरिकी संसद्‌मा आक्रमण गरेको आरोपमा उनलाई महाअभियोग लगाइएको थियो। 

इटालीमा ४२ सय यात्रु बोकेको पानीजहाज दुर्घटना 

इटालीमा सन् २०१२ जनवरी १३ मा ४२ सय यात्रु बोकेको पानीजहाज दुर्घटना भएको थियो। कोस्टा कोनकोर्डिया क्रुज सिप गिगलियो टापुमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ३२ यात्रुको मृत्यु भएको थियो। 

इमाइल जोलाको 'जे अक्युज' प्रकाशित 

फ्रान्सेली लेखक इमाइल जोलाको सन् १८९८ जनवरी १३ मा 'जे अक्युज' शीर्षकको लेख प्रकाशित भएको थियो। फ्रान्सेली सेना प्रमुखले सन् १८९४ मा यहुदी फ्रान्स आर्मीका अधिकारी अल्फ्रेड ड्रेफुसलाई देशद्रोहको आरोप लगाउन महत्वपूर्ण भूमिका रहेको भन्दै पत्रिकामा 'जे अक्युज' नाममा खुलापत्र लेखेका थिए।

अमेरिकी कलाकार लिला काबोट पेरीको जन्म 

अमेरिकी कलाकार लिला काबोट पेरीको सन् १८४८ जनवरी १३ मा जन्म भएको थियो। फ्रेन्च 'इम्प्रेसनजिम्' को प्रचार गर्ने अमेरिकी कलाकारले अमेरिकामा यसको विस्तारसमेत गरेकी थिइन्। द पिंक रोज नामले चिनिएकी लिलाको सन् १९३३ फेब्रुअरी २८ मा मृत्यु भएको थियो। 

प्रकाशित: Jan 13, 2022| 05:30 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।