आइतबार, साउन ३१, २०८३

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

बुधबार माइतीघर मण्डलमा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन्। 

आन्दोलनमा सहभागी अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न माग गरे। उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए।

आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुला गर, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायत नारा लगाएका थिए।

प्रकाशित: Jan 12, 2022| 15:50 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।