आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राफिक जरिवानाका लागि नयाँ सिस्टम, कसरी सकिन्छ तिर्न?

ट्राफिक जरिवानाका लागि नयाँ सिस्टम, कसरी सकिन्छ तिर्न?

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअओस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअओस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो। 

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन्।

आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने किओस्क मेसिन उद्‌घाटन गरे।

हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३०९ स्थानमा प्रभु पेको किओस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए।

कसरी तिर्ने मेसिनबाट जरिवाना?

सर्वप्रथम प्रभु पेको किओस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरि नेक्सट बटन थिच्चनुहोस्। त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरि नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस्। भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ।


प्रकाशित: Jan 12, 2022| 14:18 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।