आइतबार, फागुन २४, २०८२

भारतमा झण्डै दुई लाख संक्रमित थपिए

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको छ। भारतमा अहिले संक्रमति अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै दुई लाख नयाँ संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन्।  

National life

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको छ। भारतमा अहिले संक्रमति अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको छ।

दैनिक नयाँ सङ्क्रमितहरुको वृद्धिदर ११.५ प्रतिशत रहेको भारतीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ। महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन्।

दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन्। नयाँ संक्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट संक्रमिमित रहेको जनाइएको छ। 

अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो। भारतमा सक्रिय संक्रमित र नयाँ संक्रमित दुवैको संख्या तीव्र रुपमा बढ्दै गएपछि स्वास्थ्य चिन्ता व्यक्त हुन थालेका छन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2022| 13:32 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।