काठमाडौं- अभिनेता विपिन कार्कीले बलिउड यात्रा गर्ने भएका छन्। ‘भर्सटायल एक्टर’ को छवि बनाउन कार्कीले ‘एनिमल’ नामक बलिउड फिल्ममा काम गर्ने भएका छन्।
आउँदो अगस्टमा एनिमल फिल्मको निर्माण टीमले मुम्बई बोलाएको उनले बताए। ‘सेल्फी किङ्ग’ चलचित्रमा गरेको अभिनयको प्रभावले उनलाई फिल्मका लागि फोनमार्फत सम्पर्क गरिएको बताइएको छ।
कार्कीले सेल्फी किङ्गका निर्देशक विशाल सापकोटामार्फत भएको चिनजानका क्रममा सन्दीपमार्फत उनका भाइ प्रणय रेड्डीले प्रस्ताव गरेका हुन्। विशालले सन्दीपको निर्देशनमा बनेको चलचित्र अर्जुन रेड्डीको नेपाली भर्सनलाई विशाल सापकोटाले निर्देशन गर्दैछन्।
नेपाली कलाकार बलिउड फिल्ममा अभिनय गरेको यो पहिलो भने होइन। यसअघि अभिनेता रणवीर कपूरको बर्फीमा कलाकार तथा रंगकर्मी भोलाराज सापकोटाले अभिनय गरेका थिए। एनिमलमा विपिनले बलिउड सदाबहार नायक अनिल कपूरसँग दृश्य शेयर गर्नेछन्।