शुक्रबार, वैशाख १८, २०८३

पुष्पा द राइजका लागि अल्लु अर्जुनले लिएका थिए २० करोड

दक्षिण भारतमा बनेको फिल्म ‘पुष्पा द राइज’ले बक्स अफिसमा कमाल गर्‍यो। दर्शकले अत्यधिक रुचाइदिएको यो फिल्मको मुख्य भूमिकामा अल्लु अर्जन छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- दक्षिण भारतमा बनेको फिल्म ‘पुष्पा द राइज’ले बक्स अफिसमा कमाल गर्‍यो। दर्शकले अत्यधिक रुचाइदिएको यो फिल्मको मुख्य भूमिकामा अल्लु अर्जन छन्। 

National life

यो फिल्मका लागि साउथ फिल्मका सलमान खान भनी चिनिने अल्लुले पारिश्रमिक २० करोड भारतीय रुपैयाँ लिएका थिए। र, अल्लू अर्जनलेभन्दा ज्यादा पारिश्रमिक यस फिल्मका निर्देशक सुकुमारले लिएका थिए। उनले २५ करोड भारतीय रुपैयाँ लिएका थिए। 

यसैगरी यस फिल्मकी नायिका रश्मिका मन्दानाले १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन्। 

पुष्पामा एक ‘आइटम गीत’ छ जसमा सामन्थ रुथ प्रभु देखिन्छिन्। उनले एक गीतमा नाचेको पारिश्रमिक डेढ करोड र भँवर सिंहको छोटो भूमिका निभाएका फहद फाशीलले तीन करोड लिएका थिए। 

दुई सय करोड भन्दा बढी बजेट रहेको यो फिल्म चार भाषामा डब गरिएको थियो। सबै सिनेमा घरमा प्रदर्शन रहेको पुष्पा ओटीटी प्लेटफर्ममा पनि प्रदर्शन गरिएको छ।

प्रकाशित: Jan 12, 2022| 12:57 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।