आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा प्रकरण : बिचौलियाको आरोप लागेका सुवेदी दम्पती रिहा

ललिता निवास जग्गा प्रकरण : बिचौलियाको आरोप लागेका सुवेदी दम्पती रिहा

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।

सुवेदी दम्तपतीलाई केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा मंगलबार रिहा गरेको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए। 

उनका अनुसार तत्काल मुद्दा नचल्ने अवस्थामा हिरासतमा राखिरहन नमिल्ने भएकाले सरकारी वकिलको सहमतिमा दुबै जनालाई रिहा गरिएको हो। उनले भने, 'दुबै जनालाई भनेको समयमा हाजिर हुने सर्तमा छोडिएको छ।' 

बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्‍न समयमा व्यक्तिको नाममा गरेको पाइएकोमा १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको थियो। 

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउँदा सरकारमा बहाल रहेका भूतपूर्व मन्त्री, सचिव, बिचौलियालगायतको संलग्‍नता रहेको देखिएपछि ब्युरोले अनुसन्धान थालेको थियो। ब्युरोका अनुसार झन्डै १३ अर्बको बिगो तयार भइसके पनि मुद्दा भने चलिसकेको छैन। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि बुझाएको अनुसन्धान प्रतिवेदन अपुरो भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीमै फिर्ता गरेको हो।

सरकारी वकिलले अनुसन्धानका थुप्रै बुँदामा थप प्रमाण खोज्नुपर्ने भएकाले प्रतिवेदन प्रहरीमा फर्काएको जनाएको छ। ब्युरो निर्देशक सिंहले सरकारी वकिल कार्यालयले ६५ वटा बुँदामा लेखेर पठाएको बताए।


प्रकाशित: Jan 12, 2022| 12:24 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।