आइतबार, साउन ३१, २०८३

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी-३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी-३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको  ज्यान गएको छ। कलेज गइरहेका एक विद्यार्थीको बुधरबार बिहान ५:३० बजे ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो।

प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाइकलमा नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी-७ का निश्चल बानियाँको को२त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएर ज्यान गएको हो।

विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

ठक्कर दिने ट्याक्टर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङ प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Jan 12, 2022| 08:25 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।