आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको मंगलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

नवलपरासी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन्। 

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको मंगलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए।

‘सामुदायिक वनमा विभिन्न खालका समस्या छन्’, उनले भने, ‘ती समस्या समाधानका लागि प्रदेश सरकारले विशेष पहल र बजेटको व्यवस्था गर्छ।’ प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उनले प्रतिबद्धता जनाए। 

स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने, कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने, अभिभावक गुमाएका बालबालिकालाई प्रतिमहिना पाँच हजार पढाइ खर्च दिने, बेसाहारालाई मानवसेवा आश्रममा राख्नेलगायत कार्यक्रम प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री पोखरेलले बताए।  


प्रकाशित: Jan 12, 2022| 07:10 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।