आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा तालिबान कब्जापछि करिब ८० प्रतिशत पत्रकारले पेशा परिवर्तन गरे

अफगानिस्तानमा तालिबान कब्जापछि करिब ८० प्रतिशत पत्रकारले पेशा परिवर्तन गरे

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काबुल- तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।

National life

अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन्। 

जिविकोपार्जनका निम्ति अन्य पेशाको सहारा लिन वाध्य भएको  खामा प्रेसले  उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ।

'(पूर्व) सरकारको पतन पछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छवटा रेडियो स्टेशनहरू बन्द भएका छन् - तीमध्ये पाँचवटा आर्थिक चुनौतीहरूको कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ।' पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गरेका छन्।

फाउन्डेसनको निष्कर्षले देखाएको के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेशा रोजेकोमा सन्तुष्ट छन् भने ८ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए ।

केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्यूजले रिपोर्ट गरेको छ।

फाउन्डेसनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेशागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो।

फाउन्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको  पनि खामा प्रेसले रिपोर्ट गरेको छ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ। 

सर्वेक्षण अनुसार, 'कुल २३१ मिडिया आउटलेटहरू बन्द गर्नु परेको छ र ६,४०० भन्दा बढी पत्रकारहरूले अगस्ट १५ देखि आफ्नो जागिर गुमाएका छन्। महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्, पाँच मध्ये चारले काम  गुमाएका छन्।'

प्रकाशित: Jan 12, 2022| 04:30 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।