आइतबार, फागुन २४, २०८२

कोरोना बढे पनि पाकिस्तानमा तत्काल विद्यालय बन्द नहुने

तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

इस्लामावाद- पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन।

National life

तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन्। 

'संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,' मन्त्रिपरिषद् बैठक पश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले भने।

मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताए।

उनले भने, 'उच्च सङ्क्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौँ। अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन।'

Laxmi sunrise bank
kumari

देशले कोरोना भाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताए। कोरोनाभाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गरे।

चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड–१९ खोप अभियान चलाइरहेको पनि बताउनुभयो। संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको उनले बताए।

प्रकाशित: Jan 12, 2022| 00:05 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।