सोमबार, फागुन २५, २०८२

ओमिक्रोनको सामना गर्ने इजरायली रणनीति के?

विशेष गरी इजरायलले कोभिड–१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनु पर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोनाभाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- विशेष गरी इजरायलले कोभिड–१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनु पर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोनाभाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ।

National life

अहिले इजरायलमा पनि कोभिडको उत्परिवर्तित रूप ‘ओमिक्रोन’ सङ्क्रमण हुनेको सङ्ख्या अत्यधिक छ। मंगलबार ३७ हजारभन्दा बढी  थप व्यक्ति कोभिडबाट सङ्क्रमित भएका रिपोर्ट सरकारले गरेको छ। यसले इजरायलले यस पहिले कोभिड नियन्त्रणका लागि गरेका प्रयासलाई ओझेलमा पार्ने त होइन ? चिन्ताको बिषय बनेको छ। 

तर सरकारले अहिलेसम्म हप्तौंपछि पनि संक्रमण बढ्दै गएको लेपनलाई रोक्न सक्नेछ भन्दै पुनः लकडाउन वा अन्य कडा प्रतिबन्धका उपाय अवलम्बन नगर्ने बताउँदै आएको छ।

नोभेम्बर महिनामा पहिलो पटक दक्षिण अफ्रिकामा ओमिक्रोनको विविधता पत्ता लागेको केही समयपछि इजरायलले अन्तरराष्ट्रिय यात्रामा निकै रोक लगाएको थियो। तेल अभिभ नजिकैको बार इलान विश्वविद्यालयको जीव विज्ञानका प्राध्यापक सिरिल कोहेनले यसलाई ‘एउटा राम्रो कदम’ बताउनुभएको थियो। यात्रा प्रतिबन्धको प्रभाबले इजरायलमा सङ्क्रमण तत्काल फैलिन सकेन र देशलाई कोभिड उपचार सामग्री जुटाउने र महामारीविरूद्ध सशक्त रूपमा अभियान सञ्चालन गर्ने मौका मिलेको छ। 

उनले भने, 'तर अहिले इजरायलले परीक्षण क्षमतालाई पर्याप्त मात्रामा बढाउन यस पटक पहिले जस्तो अभ्यास गरेन किनकि परीक्षणबारे विश्वभरि निराशा उत्पन्न भएको छ।' 

Laxmi sunrise bank
kumari

घरेलु सङ्क्रमण दर बढ्दै गएको र प्रधानमन्त्री नाफ्टाली बेनेटले आउने हप्ताहरूमा दुई देखि ४० लाख सङ्क्रमणको पूर्वानुमान गर्दा यात्रा प्रतिबन्धले अर्थतन्त्रलाई हानि पु¥याउनेबाहेक अरू केही गर्ने छैन भन्ने निष्कर्षमा इजरायल पुगेको छ। 

यसले हवाई यात्राका लागि आफ्नो आकाश पुनः खोलेको छ र बार, रेस्टुराँ, व्यायामशाला, प्रार्थनागृह (चर्च) र अन्य सुविधाहरू खुला राख्न अनुमति दिएको छ। 

कोहेनले एएफपीसँग भने, 'इजरायलले प्रभावकारी ढंगमा ‘यस सङ्कटको केही व्यवस्थापन सरकारी अधिकारीहरूबाट जनतामा हस्तान्तरण गरेको’ छ। यसले यहाँका बासिन्दालाई आत्म–परीक्षण र दूरी कायम गर्ने प्रमुख जिम्मेवारी दिएको छ अर्थात् सङ्क्रमणबाट जोगिन नागरिकको स्तरबाट लिनुपर्ने सावधानीमाथि जोड दिएको छ।

नयाँ संकटको समाधानबारे इजरायली एसोसिएशन अफ पब्लिक हेल्थ फिजिसियन्सका प्रमुख हागाइ लेभिनले एएफपीसँग भन्नुभयो, ‘सामान्य जीवनलाई निरन्तरता दिने’ इजरायलको निर्णयले मानवीय स्वास्थ्यमा पक्कै पनि धेरै समस्या भने निम्त्याउने छ। लेभिनले पुनः लकडाउन नगर्ने निर्णयको समर्थन गर्नुभयो तर निकटमा हुने दैनिक नीतिगत समायोजनको घोषणाले सरकारले समस्याको सामना गर्नुपर्ने हुनसक्ने बताए। 

लेभिनको लागि ‘वर्तमान रणनीतिको मुख्य जोखिम राजनैतिक’ हो। उनले भने, 'नीति परिवर्तन गर्दा लगातार भ्रम पैदा हुन्छ र सरकार नियन्त्रणमा छैन भन्ने भावना पैदा हुन्छ। यो सत्य हो कि कोभिड झट्ट नियन्त्रणमा हुन सम्भव छैन।'

इजरायलका महामारी प्रतिक्रिया प्रमुख सलमान जारकाले पनि सोमबार चेतावनी दिँदै भन्नुभयो, सङ्क्रमण फैलिँदै जाँदा विशेष गरी स्वास्थ्य सेवा प्रणाली र अनिवार्य ‘आइसोलेसन’को नीतिले श्रम शक्तिलाई अझ बढी तनाव दिनेछ। 

'स्वास्थ्य प्रणाली र आवश्यक अर्थतन्त्रमा धेरै कामदारहरू संक्रमित हुनेछन् भन्ने हामी अनुमान गर्छौं,' उनले सञ्चारकर्मीसँग भने। सङ्क्रमण परीक्षण गर्ने तर असिमित रूपमा परीक्षण गरिरहेका चयन गरिएका व्यक्तिहरूका लागि एकान्तमा बस्ने अवधि छोट्याउन सक्ने सम्भावना जाँच गरिंदै थियो। 

इजरायलका ८० प्रतिशत भन्दा बढी वयस्क बासिन्दाहरूले दुईवटा कोरोनभाइरसविरूद्धको मात्रा प्राप्त गरेका छन् र आधाभन्दा बढीलाई ‘बूस्टर डोज’ प्राप्त भएको छ। 

बेनेटले गत महिना इजरायलले ओमिक्रोनविरुद्ध चौथो मात्रा दिनसक्ने लक्ष्य राखेको कुरा बताएका थिए। कुनै–कुनै जोखिमपूर्ण समूहहरूले यसको असरबारे वैज्ञानिक प्रमाणहरू कम भएपनि अहिले चौथो मात्रा लिन थालिसकेका छन्। 

इजरायलको शेबा मेडिकल सेन्टरको प्रारम्भिक तथ्याङ्कले चौथो मात्रा दिइएका व्यक्तिहरूमा उल्लेखनीय एन्टिबडी बढाउने संकेत गरेको छ। यद्यपि कोहेनले अर्को ‘बूस्टर डोज’ लगाउनेबारे कुनै निष्कर्षमा पुग्न धेरै हतार गर्न नहुनेमा जोड दिए।

प्रकाशित: Jan 11, 2022| 23:35 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।